अर्घाखाँचीको धातिवाङ्गले ज्येष्ठ नागरिकहरूलाई तीन दिने तीर्थ यात्रामा लैजाँदै

साबित्रा पौडेल, वैशाख १० गुल्मी।

अर्घाखाँचीको धातिवाङ्गले ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रा गराउने भएको छ ।

जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गले वडाका ४५ जना जेष्ठ नागरिकहरूलाई तीन दिने तीर्थयात्रा गराउने भएको हो।

सामाजिक समावेशीकरण तथा मूल प्रवाहिकरण कार्यक्रम अन्तर्गत बाग्लुङको कालिका र म्याग्दीको तातोपानी लगायतका स्थानमा यही वैशाख ११ गतेदेखि १३ गतेसम्म भ्रमणको लागि लैजाने निर्णय भएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरूको इच्छा र उमेर भएसँगै घरमा एक्लै बस्नुपर्ने बाध्यताले मानसिक तथा शारीरिक रूपमा पनि सकरात्मक सन्देशको प्रवाह गर्ने र धार्मिक रूपमा पुण्य प्राप्ति होस् भन्ने उद्देश्यका साथ भ्रमणमा लैजान लागिएको वडा अध्यक्ष पौडेलको भनाइ छ ।

वडाले गत वर्ष जेष्ठ नागरिकहरूलाई प्युठानको स्वर्गद्वारी लगायतका स्थानमा तीर्थ यात्रा गराएको थियो।

तीर्थयात्रा कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भएकाले निरन्तरता दिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *