आज होली पर्व, सभ्य तरिकाले मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीको आग्रह

फागुन २९, गुल्मी ।

देशका पहाडी र हिमाली क्षेत्रमा आज फागु अर्थात होली पर्व मनाइँदैछ ।


यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।

हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय गुल्मीले होली पर्व सभ्य तरिकाले मनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *