गुल्मी उद्योग वाणिज्य संघ शाखा कार्यालय बलेटक्सारको दोस्रो अधिवेशन सम्पन्न

सुदर्शन पन्थ, माघ २० गुल्मी ।
गुल्मी उद्योग वाणिज्य संघ शाखा कार्यालय बलेटक्सार गुल्मीको वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।
शनिबार सम्पन्न दाेस्राे अधिवेशनबाट ताेयनारायण ज्ञवालीको अध्यक्षतामा, उपाध्यक्षमा कमल श्रेष्ठ सचिवमा छत्र अधिकारी काेषाध्यक्षमा भेष कुमारी क्षेत्री सह सचिवमा बासु भण्डारी सदस्यहरूमा बाबुराम ज्ञवाली ,निल प्रसाद श्रेष्ठ ,नर्जन श्रेष्ठ ,खुमा ज्ञवाली ,प्रकाश ज्ञवाली ,राज कुमार श्रेष्ठ ,धनिश्वर परियार ,सीता ज्ञवाली ,मुस्तार अलि सर्वसम्मत चयन हुनु भएको छ।


संस्थाका उपाध्यक्ष कमल श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष तोय नारायण ज्ञवालीले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष भेष कुमारी क्षेत्रीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बलेटक्सारको समग्र बजारिकरणमा टेवा पुर्याउन दशकौंदेखि व्यापार व्यवसाय गरि रहनुभएका अग्रज व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले उद्योग वाणिज्य संघको शाखा कार्यालयले व्यवसायिक हक हित र सुरक्षाको लागी गर्दै आएका कार्यहरुको प्रशंसा गर्नुभएको थियो। समग्र देशका विभिन्न कारणले व्यवसायहरु धरासाही भैरहेको अवस्थामा यिनलाई बचाइराख्न यस्ता छाता संगठनको साथ र सहयोग अपरिहार्य हुने कुरालाई जोड दिनु भएको थियो।


गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, गुल्मी उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी पौडेल, वरिष्ठ उपाध्यक्ष राम प्रसाद पन्थी पुर्व अध्यक्ष अखिलेस्वर पाण्डे, निवर्तमान अध्यक्ष श्री प्रसाद भलामी, वडा नं. ४ का अध्यक्ष मोति श्रेष्ठ उद्योग वाणिज्य संघ रिडि शाखाका अध्यक्ष तारा सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दामोदर ज्ञवालिले गर्नुभएको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *