शान्तिपुरमा बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षको लागि कारागार चलान

साबित्रा पौडेल, मंसिर १२ गुल्मी।

गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवक पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरकी १५ वर्षीया मनिषा रुचालको बलात्कारपछि हत्या गर्ने युवक सोमबार कारागार चलान भएका हुन।

बाँकेको खजुरा गाउँपालिका- ७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो। कारागार चलान भएका खाँ मदरसा गुल्सने मदिनाका प्रशिक्षक थिए ।

मृतक बालिका बागलुङ घर भई शान्तिपुरको श्रीलंकाटोलमा आमासंग भाडाको घरमा बस्दै आएकी थिइन् । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् ।
बालिका गत कार्तिक १६ गते घर नजिकैको खेतमा आमासङ्ग काम गर्न गएकी थिइन । त्यसपछी उनी खेतालालाई सुर्ती किन्न बिहान ११ बजे बजार गएकी र बजार बाट फर्केकी थिईनन् । त्यसको भोलिपल्ट्ट अर्थात कार्तिक १७ गते नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा उनको शव फेला परेको थियो।

खोलामा बालिकाको दर्दनाक अवस्थामा शब फेला परेदेखि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै बिरोध र प्रर्दशन समेत गरेका थिए।

गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेश गरेको थियो ।


प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार खाँलाई मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसले पुर्पक्षको लागि जेल चलान गरेको हो ।


जेल चलान भएका खाँलाई जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *