साबित्रा पौडेल , मंसिर ११ गुल्मी :
गुल्मीको ठुलोलुम्पेकमा लाग्ने सत्यवती मेला सकिएको छ ।
मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला विश्वकर्मा ठकुरीले गर्नु भएको हो।
मेलामा गुल्मी, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ, प्युठान, अर्घाखाँची लगायतका जिल्लाहरुबाट हजारौंको संख्यामा दर्शनार्थीहरुको घुँइचो लगेको थियो।
बिशेष गरी मेलामा स्थानीय उत्पादित सुन्तला, सखरखण्ड, बदाम, बटुक, सेलरोटीका विभिन्न परिकारहरुको कारोबार भएको थियो ।
मेलाको अवसरमा राष्ट्रिय कलाकारहरु श्याम राना, रुपा घर्ती मगर, सुदीप सिंजाली, डोलराज परियार र गुणदेव थापा लगायत स्थानीय मगर सोरठी, सालैजो, कौरा, झ्याउरे लगायतका गीत र नाचहरुको प्रस्तुति रहेको थियो।
बैकुण्ठ चतुर्दशी साँझदेखि पूर्णिमा सम्म चतुदर्शीका दिन ब्रत बसी शुक्ल पुर्णिमाको अवसर पारेर सोमबार दर्शन गर्ने, भाकल गर्ने र पूजा आरधन गर्ने दर्शनार्थीको घुइँचो लागेको थियो ।
यसैबिच,मेलाको अवसरमा सत्यवती गाउँपालिका गुल्मीले १ दिन सार्वजनिक बिदा दिएको थियो