छत्रकोटले एकीकृत घुम्ती शिविर सन्चालन गर्ने,सबै सेवा वडामा पाइने

साबित्रा पौडेल, मंसिर ०९ गुल्मी।

गुल्मीको छत्रकोटमा एकीकृत घुम्ती शिविर हुने भएको छ।
यहीँ मंसिर १५ गतेदेखि २१ गतेसम्म छत्रकोट गाउँपालिकाको सबै वडामा शिविर हुने भएको हो।
नागरिकको सहजताका लागि एकीकृत घुम्ती शिविरको आयोजना गरिएको गाउँ पालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो।
शिविरमा अपांगता परिचयपत्र वितरण तथा नवीकरण,ज्येष्ठ नगरिक परिचयपत्र वितरण,योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण,टोल बिकास संस्था दर्ता लगायत अन्य सेवाहरु उपलब्ध गराइने अध्यक्ष पाण्डेले बताउनुभयो।

शिविर पहिलो दिन अर्थात १५ गते ४ नं वडा कार्यालय दिगाम,
दोस्रो दिन ५ नं वडा कार्यालय खर्ज्याङ्ग,
तेस्रो दिन वडा नं ३ हर्दिनेटा,
चौथो दिन वडा नं ६ को कार्यालय दौघा,
पाचौं दिन वडा नं २ को कार्यालय पल्लिकोट
र अन्तिम दिन २१ गते वडा नं १ को कार्यालय हुगाँमा सन्चालन हुने प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *