साबित्रा पौडेल , चैत २८ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ५० % अनुदानमा पशुपालनमा यान्त्रिकरण सामाग्री वितरण गर्ने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै ५० % अनुदानमा पशुपालनमा यान्त्रिकरण सामाग्री वितरण गर्ने जनाएको छ ।
गाउँपालिकाको पशु शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम पशुपालनमा यान्त्रिकरण अन्तर्गत ५०% अनुदानमा चाफ कटर ( Chaff cutter) र cow mat वितरण गर्ने भएको हो ।
गाउँपालिकाभित्रका इच्छुक कृषक/फर्म/सहकारी/समुहले आवश्यक कागजात सहित सुचना प्रकाशन भएको ७ दिनभित्र सम्बन्धित वडा कार्यालय वा पशु बिकास शाखामा निवेदन पेश गर्न सक्नुहुनेछ ।
यस्तो छ गाउंपालिकाले जारी गरेको सूचना;