चैत २१ , गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका ६ रिमुवामा आज बिहान ८ बजे झारपोखराका एक व्यक्तिले काडा जलाउने क्रममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
रिमुवाको झारपोखरा बाट लागेको आगो अहिले टावर देखि तल्लो भागमा लागिरहेको छ ।
बिहानैदेखि स्थानिय र दिउसो देखी नगर प्रहरीको समन्वयमा आगो निभाउने प्रयास गरेतापनि अझै नियन्त्रणमा आउन नसकेको हो ।
बिहान झारपोखरा देखि सुरु भएको आगो यतिबेला टावरदेखी तल्लो भागमा पुगेको स्थानियले बताएका छन । आगलागी भएको स्थानमा हावाहुरी चलेको हुनाले आगो अन्यत्र ठाउँमा पनि सल्किन सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सचेत रहन वडा न ६ का अध्यक्ष रोमनाथ पौडेलले आग्रह गर्नु भयो ।
यस्तै,अगोले उग्र रुप लिएमा टाइनडाँडा गाउँ जोखिमआ रहने पनि उहाले बताउनु भयो ।