
साबित्रा पौडेल , चैत २२ गुल्मी । गुल्मीको चारपालामा यतिबेला भीषण आगलागी भएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नं ६ मा भीषण आगलागी भएको र वडा नं ७ को केही स्थानमा पनि आगलागी भएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो ।
बुधबार ( हिजो) दिउँसो २ बजेबाट लागेको आगो हिजो राती १ बजेसम्म गाउँपालिकाका प्रतिनिधि ,सशस्त्र प्रहरी , दमकल र स्थानियको समन्वयमा आगो नियन्त्रणमा ल्याउने प्रयास भएपनि नियन्त्रणमा नआएको उहाँले बताउनुभयो ।
अहिले चारपालाको भलाचौर आसपासका क्षेत्रमा आगलागी भएको र त्यस क्षेत्रका केही भुभागहरु जोखिममा रहेका छन ।
हिजो राती बस्ति जोगाउन सफल भएतापनी अझै केहि बस्तिहरु जोखिममा रहेको उहाँको भनाइ छ ।
अहिले गाँउपालिका अध्यक्ष अध्यक्ष सरोजकुमार थापा , उपाध्यक्ष तारा थापा ढेंगा , प्रमुख प्रशासकीय अधिकृत राजीब पन्थी , गाउँपालिकाका अन्य कर्मचारी लगायतको टोली आगलागी भएको स्थानमा आगो नियन्त्रण गर्न जान लागेको उहाँले बताउनुभयो ।