गुल्मीको छत्रकोटमा बृहत रक्तदान कार्यक्रम हुँदै

साबित्रा पौडेल,फागुन ५ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

छत्रकोट मेडिकल हलको ५ औं स्थापना दिवसको अवसरमा मेडिकल हलले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

छत्रकोट मेडिकल हल पिपलनेटाको आयोजनामा हुने रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको प्राविधिक सहयोग तथा श्रीङ्गा प्राथमिक स्वास्थ्य केन्द्र सहयोगी संस्थाको रुपमा रहनेछ ।

गाउँपालिकामा रगतको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् तथा स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मेडिकल हलका संचालक रोशन न्यौपानेले बताउनुभयो ।

रक्तदान कार्यक्रम यहीँ फागुन ११ गते छत्रकोट मेडिकल हल छत्रकोट गाउँपालिका ४ पिपलनेटामा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *