माघ १९ , गुल्मी ।
गत असोजमा मनसुन बहिरिएपछि पहिलोपटक भएको वर्षा र हिमपातले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै गुल्मी , अर्घाखाँची , पाल्पा , प्युठान , लगायतका जिल्लाका किसान खुसी भएका हुन् ।
अहिलेको वर्षाले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ ।
माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए ।
पश्चिमी वायुको प्रभावले हिजो सुुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो ।
पर्सि आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातले सिँचाइको अभावमा हुर्कन नपाएका पहाडी भेकका बालीलाई फाइदा पुयाएको छ । हिमपातसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ ।