पौष २३, गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८२ को निति तथा कार्यक्रम र बजेट संशोध अन्तर्गत आज गाउँपालिकको सभाहलमा गाउँसभाको १५ औं अधिवेशन सम्पन्न भएको हो ।
गाउँसभाको १५ औं अधिवेशनबाट रु. चार करोड ४९ हजार तीन सयको बजेट संशोधन गरि कुल बजेट ५७ करोड ६२ लाख १७ हजार कायम भएको छ ।
जसमध्ये चालूतर्फ बजेट एक करोड एक लाख र पूँजीगत तर्फ तीन करोड तीस लाख ४९ हजार ३ सय रहेको छ ।