गुल्मीको छत्रकोटमा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन

दिपा पन्थ, पौष २३ गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीद्वारा आयोजित छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको छ ।


प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले गर्नुभएको हो ।


छत्रकोट गाउँपालिका अन्तर्गतका १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुद्वारा विविध सांकृतिक कार्यक्रम गरी सुभारम्भ भएको हो ।

प्रतियोगितामा छात्र छात्रा छुट्टाछुट्टै भलिबल,एथलेटिक्सतर्फ फरक फरक मिटरका दौड, रिले दौड, उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाईजम्प,लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सट्पुट लगायतका खेलहरु हुनेछन् ।

गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन छत्रकोट शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियोे ।

गाउँपालिकाको वडा नम्बर ३ भुडाचौर खेलमैदान भेडुवामा आजबाट सुरु भएको प्रतियोगिता भोलि मंगलबार र पर्सि बुधबार सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *