पुष १७, गुल्मी ।
छत्रकोट गाउँपालिका गुल्मीले पालिका भित्र बसोबास गर्ने गर्भवती महिलाहरूकाे लागि गर्भ अवस्थामा गर्नु पर्ने Antinetal checkup मा प्याथोलोजिकल टेस्ट परिक्षण निःशुल्क बनाएको छ ।
सबै वडामा ल्याब संचालन गर्ने नीतिका साथ ५ वटा वडामा ल्याब संचालन गरी दैनिक सेवा सुरु गरेको पालिकाले गर्भवतीका लागि नि;शुल्क ANC Package जाचँ ( Pathological test) कार्यक्रमको समेत शुभारम्भ गर्ने भएको छ ।
जसको लागि आवश्यक केमिकल र औजार उपकरण समेत स्वास्थ्य संस्थामा आपुर्ति गरिसकिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमको आज हुँगा स्वास्थ्य चौकी, पल्लीकोट स्वास्थ्य चौकी, हर्दिनेटा स्वास्थ्य चौकी,श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र खर्ज्याङ्ग स्वास्थ्य चौकीबाट सुरु हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले बताउनुभयो ।
यसैबिच, दौघामा पनि भवन निर्माण सम्पन्न हुन साथ ल्याब संचालनका लागि तयारी भइरहेको छ ।