प्युठानकाे ऐरावती गाउँपालिकाले बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने

पुष १७,  प्युठान ।

प्युठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएकाे छ । गाउँपालिकाको १४औँ गाउँसभाले बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि यस्ताे याेजना ल्याइएकाे जानकारी दिनुभयो । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य  राखिने अध्यक्ष शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *