रुरुक्षेत्र गुल्मीद्वारा माघेसंक्रान्ती मेलाको लागि प्रस्ताव पेश गर्न स्थानीय संघ संस्थालाई आग्रह

दिपा पन्थ, पौष १३ गुल्मी । गुल्मीको रिडिमा लाग्ने माघेसंक्रान्ती मेलाको लागि रुरु क्षेत्र गाउँपालिकाले एक सूचना जारी गरि सामाजिक कार्य गर्न दर्ता भएका स्थानीय संघ सस्थालाई प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । गाउँ कार्यपालिकाको पौष १३ गतेको निर्णय अनुसार पौष २० गते सम्म प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

गुल्मी,पाल्पा र स्याङ्गजाको संगमस्थल ऐतिहासिक क्षेत्र रुरुस्थित रिडिमा लाग्ने माघेसंक्रान्ती मेला माघ १ गते देखि ५ गते सम्म संचालन हुने छ ।

५ दिनसम्म चल्ने मेलामा स्थानीय उत्पादन कृषिउपज लगायतका बिबिध कार्यक्रम सहित भव्य मेला लाग्ने गर्दछ ।
तीन जिल्लाको संगमस्थल रिडी नेपालकै चार धाम मध्येको एक धाम मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *