गुल्मीको दौघामा चितुवाको आतंक

साबित्रा पौडेल, मंसिर २८ गुल्मी।

गुल्मीमा पछील्लो समय चितुवाको आक्रमण बढेको छ।


बुधवार (हिजो) मात्रै जिल्लाको छत्रकोट गाउँपालिकाको दौघामा चितुवाले लक्ष्मण ज्ञवालीको बाख्राको खोरमा पसेर आक्रमण गरेको छ। चितुवाको आक्रमणबाट एउटा बाख्रा मरेको छ भने तीन वटा बाख्रा हराएका छन।

चितुवा बाख्राको खोरमा पसेर एउटा बाख्रा मरेको र तिनवटा बाख्रा बेपत्ता भएको ज्ञवालीले बताउनुभयो। रातको समयमा बाख्रा कराएको आवाज आफुहरुले सुनेको र चितुवाको डरले गर्दा नउठेको उहाँले बताउनुभयो।

यसैबिच, चितुवाको आक्रमणले एउटा बाख्रा मरेको र तिनवटा बाख्रा बेपत्ता भएको जानकारी पाएपछी खर्ज्याङबाट प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रबक्ता डिएसपी डिल्लिनारायण पाण्डेले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *