छत्रकोट गुल्मीको प्रशासकीय भवन शिलान्यास

माघ १७ गुल्मी/दिपा पन्थ:

छत्रकोट गाउँपालिका गुल्मीको प्रशासकीय भवनको शिलान्यास गरिएको छ ।

वडा नम्बर ३ चोयगा- भेडुवामा बन्न लागेको प्रशासकीय भवनको आज विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले शिलान्यास गर्नुभएको हो ।

निर्माण कम्पनी अम्बेमां बलदेब बिल्डर्स जे.भी सामाखुसी काठमाडौसँग यसै वर्षको मंसिर ८ गते सम्झौता भएको भवन २०८२ मंसिर ८ गते अर्थात दुई वर्ष भित्र सक्नेगरि सम्झौता भएको हो ।

कुल लागत १२ करोड ५ लाख २५ हजार ४ सय ९८ रुपैयाँ मध्ये निर्माण कम्पनीले ९ करोड ११ लाख २ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

जग्गा प्राप्तीको लागि पालिकाले विभिन्न प्रक्रिया पुरा गदै सामुदायिक वनबाट प्राप्त गरेको थियो । यसैगरी स्थानिय समाजसेवी झक बहादुर मिधुनले ६ रोपनी निजी जग्गा बनलाई नि:शुल्क सट्टामा उपलब्ध गराउनु भएको थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले जग्गादात्ता मिधुन प्रती धन्यबाद ज्ञापन गर्नुभएको थियोे । वहाँले यसै आर्थिक वर्षमा गाउँपालिकाले प्रशासकीय भवनको लागि रु दुई करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभयो ।
संघीय सरकारबाट कुनै पनि सहयोग उपलब्ध नभएका कारण निर्माण कार्यमा समस्या हुनसक्ने भएपनी भवनको लागि सक्दोपहल गर्ने बताउनुभयो ।


साथै पाण्डेले निर्माण कम्पनीले समयमै गुणस्तरीय कार्यका साथ ठेक्का सम्झौता पूरा गर्ने अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि शालिकराम भट्ट मगरले तोकिएकै समयमा काम पूरा गर्ने प्रतिबद्धता व्याक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *