
माघ १७ गुल्मी/सबित्रा पौडेल
गुल्मीको छत्रकोट गाउँपालिकाले छाडा कुकुरको बिगबिगी बढेपछि कुकुरको बन्ध्याकरण अभियान चलाएको छ ।
अभियान अन्तर्गत आज गाउँपालिका भित्रका ३५ वटा कुकुरलाई बन्ध्याकरण गराईएको छ । अभियान भोलिसम्म चल्नेछ ।
गाउँपालिकाको श्रीङ्गा , लुम्छा ,भेडुवा लगायत आसपासका क्षेत्रमा कुकुरको बिगबिगी बढेपछि नियन्त्रण गर्न कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
बिहान र रातिको समय बाटोमा हिँड्ने व्यक्ति तथा पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोकेर घाइते बनाउनका साथै रेविज रोगको संक्रमण बढाउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि आज ३५ वटा कुकुरलाई बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख टेकबहादुर खनालले बताउनुभयो ।
गाउँपालिकावासीको सुरक्षा एवं पशुको रक्षाका लागि कुकुरको बन्ध्याकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनुभयो ।