ईश्वरी माध्यमिक विद्यालयले गर्‍यो तीजगीत तथा दर खाने कार्यक्रम

भदौ १४, गुल्मी ।
ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबार-६, मा तीजगीत तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक तथा वडा नं ६ का अध्यक्ष मुकेश थापाको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा गुल्मीदरबार गाउँपालिका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक तथा वडा नं ६ का अध्यक्ष मुकेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै विशेष अतिथिमा गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्यद्वय ईश्वरी परियार र गंगा अर्याल, वडा नं ६ कि सदस्य विष्णु सुनार, वडा नं ७ का सदस्यद्वय रामकुमार श्रेष्ठ र यज्ञमूर्ति अर्याल ठुलान आधारभूत स्वास्थ्य केन्द्र प्रमुख रामकृष्ण कण्डेल, रानीपोखरी स्वास्थ्य आमा समूहकी अध्यक्ष गीता शाही रहनुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको पनि आतिथ्यता रहेको थियोे ।

कार्यक्रमको सुरुको चरणमा स्थानीय स्तरमा उत्पादित फलफूल प्रदर्शन गरिएको थियो र विद्यार्थी भाइबहिनीहरु द्वारा ल्याइएका सालको पातको दुनाटपरी खुटेर पहिलो चरण कार्यक्रम सम्पन्न भएको थियो भने दोस्रो चरणको कार्यक्रममा प्रधानाध्यापक हरि बहादुर कार्कीको स्वागत मन्तव्य संगै अन्तरसदनात्मक तीजगीत कार्यक्रम सञ्चालन गरिएको थियो उक्त कार्यक्रममा रेसुङ्गा सदन र रूरू सदन प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने स्वर्गद्वारी र लुम्बिनी सदन द्वितीय भएका थिए ।

तीजगीत समापन भए पश्चात् उपस्थित पाहुनाहरु तथा शिक्षक विद्यार्थी सम्पूर्णलाई उनै दुनाटपरी प्रयोग गरि दर खुवाइ नृत्य गरि रमाइलो गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन शिक्षक अनिशा शाहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *