छत्रकोटमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अन्तर्कृया

भुवन भुसाल, गुल्मी 

गुल्मीको छत्रकोट गाउँपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाहरुको अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं २ पल्लिकोटमा एक औपचारिक कार्यक्रमको आयोजनाका बीच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको बीच अन्तरकृया गरिएको हो ।बर्षको २ पटक अन्तरक्रिया गर्ने छत्रकोट गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनर्गत यो कार्यक्रम आयोजना गरिएको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले बताउनुभयो ।

पोख्रेलका अनुसार पहिलो अन्तरक्रिया कार्यक्रम भदौ महिनामा सम्पन्न भएको थियो ।

“स्वयंसेविकाका अनुभव, सुखदुःख साट्न र पालिकालाई केही सुझाब भए दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो” प्रमुख पोख्रेलले बन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष नरेन्द्र पल्ली, वडा नं ५ का अध्यक्ष राम प्रसाद कंडेल, लगायत जनप्रतिनिधि, राजनितीक दल, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्ने महिला स्वयंसेविकाले छत्रकोट गाउँपालिकाले दिएको सम्मान र सेवाको प्रसंसा गर्दै यसको निरन्तरता र बढोत्तरीको समेत कामना गरेका थिए ।

प्रतिउत्तरमा गाउँपालिका अध्यक्ष पाण्डेयले श्रोतले भ्याए सम्मको सेवा दिने सन्दर्भमा पालिका तयार रहेको प्रतिउत्तर दिनुभएको थियो म पल्लिकोट स्वास्थ्य चौकीमा भेला भएका महिला स्वास्थ्य स्वयं सेविकाले आफ्ना अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाले मनोरञ्जनात्मक एवम् संदेसमुलक सांगेतिक प्रस्तुति समेत प्रस्तुत गर्दै रमाईलो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *