बलेटक्सार गुल्मीमा एक दिने नि:शुल्क आँखा शिविर संचालन हुँदै

साबित्रा पौडेल , चैत १६ गुल्मी ।

गुल्मीको बलेटक्सारमा नि:शुल्क आँखा शिविर संचालन हुने भएको छ ।

रुरुक्षेत्र गाउँपालिका वडा नं ४ स्थित बलेटक्सार स्वास्थ्य चौकीमा एक दिने नि:शुल्क आँखा शिविर संचालन हुने भएको हो ।

रुरुक्षेत्र गाँउपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मीको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले बताउनुभयो ।

भाद्र महिना देखी प्रत्येक महिनाको तेस्रो शनिबार आँखा सम्बन्धि रोगहरुको जाँच तथा उपचार कार्यक्रम संचालन भइरहेको र चैत महिनाको तेस्रो शनिबार तथा यहीँ चैत १७ गते शनिबार संचालन हुँदै छ ।

कार्यक्रम शनिबार बिहान १० बजेदेखि बलेटक्सार स्वास्थ्य चौकीमा संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *