१२ औं भार्से मेलाको अवसरमा वृहत् सांस्कृतिक सङ्गै खुल्ला फुटबल प्रतियोगिता हुदैँ

साबित्रा पौडेल , चैत १६ गुल्मी ।

गुल्मीको भार्सेमा खुल्ला पुरुष 9A Side फुटबल प्रतियोगिता तथा वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

थाप्ले क्लबको आयोजना , सत्यवती गाउँपालिका र सत्यवती गाउँपालिका वडा नं ८ को वडा कार्यालय तथा रानीवन होमस्टेको सहआयोजना, भार्सेनी समाज हङकङको प्रायोजन एवं भार्सेनी समाज युकेको सहप्रायोजनमा नव वर्ष २०८१ सालको सुखद उपलक्ष्यमा “भार्से विकासको आधार कृषि पर्यटन र पुर्वाधार भन्ने नारा सहित” १२ औं भार्से मेलाको अवसर पारी प्रतियोगिताको आयोजना गरिएको हो ।

पुरुष 9A Side फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ७०,००० तथा द्धितिय हुनेले नगद ४० ,००० एवं ट्रफी ,मेडल र प्रदान गरिने क्लबका अध्यक्ष नर बहादुर बुढाथोकीले बताउनुभयो ।

खेलमा खेलाडी संख्या १२ जना तथा १ टिम कोच र १ टिम म्यानेजर सहित १४ जना हुनुपर्ने आयोजकले जनाएको छ ।

खेल फिफाको नियममा खेलाईने छ भने टाढाबाट आउने खेलाडीलाई खानामा ५०% छुटको व्यवस्था तथा फाइनलमा प्रवेश गर्ने टिमलाई नि:शुल्क खानाको व्यवस्था गरिएको अध्यक्ष बुढाथोकीले बताउनु भएको छ ।

खेलमा YELLOW कार्ड प्राप्त गर्ने खेलाडीका लागी जरिवाना स्वरुप १०० र Red कार्ड प्राप्त गर्ने खेलाडीको लागि २०० जरिवाना लाग्नेछ । भने खेल सुरु हुनु अगावै खेलाडीले धरौटी स्वरूप १,००० रुपैयाँ जम्मा गर्नुपर्ने खेल संयोजक सन्दीप दर्लामीले बताउनुभयो ।

खुल्ला पुरुष 9A Side फुटबल प्रतियोगितामा सहभागी हुनका लागि यहीँ चैत १२ गतेदेखि २३ गतेसम्म आफ्नो टिम दर्ता गराईसक्नुपर्नेछ ।

खेल चैत २५ गतेदेखि भार्से जन सहयोग माध्यमिक बिधालयको प्राङ्गणमा सुरु हुनेछ । भने खुल्ला पुरुष 9A Side फुटबल प्रतियोगिताको फाइनल खेल यहीँ चैत २९ गते हुनेछ ।

साथै नव वर्ष २०८१ साल बैशाख १ र २ गते बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सांस्कृतिक कार्यक्रममा लोक पप गायिका पुनम गुरुङ , लोक दोहोरी गायक डोलराज परियार , सिन्धुली कला केन्द्र , हास्य कलाकार दिनेश काफ्ले लगायत विविध राष्ट्रिय तथा स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रमको संचालन हास्य कलाकार काफ्लेले गर्नुहुनेछ ।

यसैबीच बैशाख १ गते जन सहयोग माध्यमिक बिधालयको ७४ औं वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *