गुल्मीको छत्रकोटमा एक महिने हलुका ड्राइभिङ्ग र सैलुन तालिम सम्पन्न

साबित्रा पौडेल , चैत १६ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा महिलाहरूको लागी १ महिने हलुका ड्राइभिङ्ग तालिम र पुरुषहरुको लागी १ महिने सैलुन ( कपाल काट्ने ) तालिम सम्पन्न भएको छ ।

गत फागुन ११ गतेदेखि संचालन भएको १ महिने हलुका ड्राइभिङ्ग तालिम र गत फागुन १६ गतेदेखि संचालन भएको १ महिने सैलुन ( कपाल काट्ने ) तालिम बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अनुसार लक्षित वर्गका नागरिकलाई तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

१ महिने हलुका ड्राइभिङ्ग तालिम गाउँपालिकाभित्र रहेका लक्षित वर्गका १२ जना महिलालाई दिइएको थियो ।

यस्तै १ महिने कपाल काट्ने तालिम गाउँपालिकाभित्र रहेका लक्षित वर्गका ७ जना पुरुषलाई दिइएको थियो ।

ड्राइभिङ्ग तालिमको सहजीकरण सवारी चालक पदमबहादुर कार्कीले गर्नुभएको थियो । भने कपाल काट्ने तालिमको सहजीकरण बाबुराम विश्वकर्माले गर्नुभएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पाण्डेले ड्राइभिङ्ग तालिमको उद्देश्य उद्यमी तयार गर्नु रहेको बताउनुभएको थियो ।

साथै गाउँपालिकामा गरिबी निवारण गर्नु र रोजगारी सिर्जना गर्ने उद्देश्यले महिला र पुरुषको लागि छुट्टाछुट्टै तालिम प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली , प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन ,गाउँपालिकाका अन्य कर्मचारी , उद्यम विकास सहजकर्ता यमुना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तालिम नि:शुल्क प्रदान गरिएको र प्रभावकारी रुपमा समापन भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *