माघ १५ , गुल्मी ।
धार्मिक तथा पर्यटकीय स्थल रुरुक्षेत्र धाम रिडिमा सरसफाइ गरिएको छ ।
गुल्मी ,पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा माघ १ गतेदेखि ६ गतेसम्म यस क्षेत्रकै ठुलो माघी मेला लागेको थियो ।
उक्त मेलाबाट उत्पन्न भएको फोहोरको व्यवस्थापन गरिएको हो ।
रुरु फ्रेण्डस क्लबका सचीव प्रेम प्रसाद भण्डारीको नेतृत्वमा त्यहाँका आधा दर्जन भन्दा क्लब तथा संघसंस्थाले सरसफाइ गरेका हुन ।