साबित्रा पौडेल , पौष १३ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङमा रहेको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालिको भोली एक कार्यक्रमका बिच उद्घाटन हुने भएको छ ।
गुल्मीको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका, अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका तथा पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानिय तहका अध्यक्षहरुले संयुक्त रुपमा उद्घाटन गर्नुहुने हस्पिटलका अध्यक्ष तथा संचालक सरोज पाण्डेले बताउनुभयो ।
हस्पिटलको उद्घाटनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।
साथै उद्घाटनको दिन भोली हस्पिटलमा विशेषज्ञ शिविर आयोजना गरिएको छ ।
शिविरमा हाड जोर्नि तथा नसारोग बिशेषज्ञ, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, पेट तथा छाति रोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ र मनोरोग विशेषज्ञद्वारा सेवा प्रवाह गर्ने तयारी रहेको सञ्चालक पाण्डेले बताउनुभयो ।
गुल्मीको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका, अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका तथा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भएको हस्पिटलबाट एक लाख बढी नागरिकले सेवा लिने अनुमान गरिएको अस्पातलका कोडीनेटर नारायण प्रसाद अर्यालले बताउनुभयो ।
पहाडि भेगमा सञ्चालन हुन लागेको यस हस्पिटलले यस क्षेत्रको गुणस्तरीय स्वास्थ्य सेवाका साथै यस क्षेत्रको समग्र विकासमा समेत टेवा पुर्याउने विश्वास लिएको अर्यालले बताउनुभयो ।
यसअघी हस्पिटलको भोली उद्घाटन हुने जानकारी हस्पिटलले पत्रकार सम्मेलन मार्फत दिएको थियो ।
यसैबिच केही दिन अघिमात्र गुल्मीको छत्रकोट गाउँपालिकाले उक्त हस्पिटलको अनुगमन गरेको थियो ।