नेकपा माओबादी केन्द्र छत्रकोट गाउँपालिका ५ वडा कमिटीको तेस्रो अधिबेशन सम्पन्न

पुस १३, गुल्मी।

नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र छत्रकोट गाउँपालिका वडा नम्बर ५ गुल्मीको तेस्रो वडा अधिवेशन सर्वसम्मत भएको छ।


अधिवेशनले खिमबहादुर सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।
जसको उपाध्यक्षमा सूरेश अर्याल, जमुना बिक र कल्पना बिक तथा सचिवमा रमेश नेपाली चयन हुनुभएको छ भने सहसचिवमा सबिना गाहा र कोषाध्यक्षमा यम बहादुर गाहा चुनिनुभएको छ ।


नरेश भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश परिषद् कमिटी सदस्य रामचन्द्र कंडेल, छत्रकोट पालिका अध्यक्ष लोकनाथ पाण्डे र पालिका सचिव रवि कंडेलको विशेष आतिथ्यता रहेको थियो।


कार्यक्रममा वाइसिएल नेपाल छत्रकोट पालिका अध्यक्ष केसर कंडेल, अखिल क्रान्तिकारी जिल्ला सदस्य मनिष कंडेल लगायत पार्टी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन रमेश नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *