गुल्मीदरबार गाउँपालिकाको एकीकृत घुम्ती शिविर:पौष १ गतेदेखि ८ गतेसम्म

साबित्रा पौडेल,मंसिर १३ गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको निर्णयानुसार गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा वडाबाटै नागरिकलाइ प्रदान गर्ने उद्धेश्य अनुसार यहीँ पौष १ गतेदेखि पौष ८ गतेसम्म एकीकृत घुम्ती शिविरको आयोजना गरिएको हो ।

शिविरमा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, चिकित्सक सहितको निशुल्क स्वास्थ्य परिक्षण, सुगर परिक्षण ,औषधि वितरण, माटो परिक्षण सहित कृषि सम्बन्धि परामर्श, पशुपंक्षी सम्बन्धि परामर्श र औषधि वितरण, अपाङ्ग परिचयपत्र वितरण लगायतका सेवाहरु प्रदान गरिनेछ ।

एकीकृत घुम्ती शिविर पौष १ गते गाउँपालिकाको १ नं वडा कार्यालय बलिथुमबाट शुभारम्भ भइ गाउँपालिकाका ७ वटै वडामा सञ्चालन हुनेछ ।

जसान्तर्गत दोस्रो दिन अर्थात पौष २ गते २ नं वडा कार्यालय जुभुङ्ग, पौष ३ गते ३ नं वडा कार्यालय राजा, पौष ४ गते ४ नं वडा कार्यालय वीरवास, पौष ५ गते ५ नं वडा कार्यालय अम्मर अर्वाथोक तथा पौष ७ गते ६ नं वडा कार्यालय उपल्लो हटिया र पौष ८ गते ७ नं वडा कार्यालय ठुलोपोखरामा सञ्चालन भइ शिविरको समापन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *