गुल्मीको चन्द्रकोट गाउँपालिकाले २१ औं राष्ट्रिय धान दिवस मनाउँदै

साबित्रा पौडेल ,असार १४ गुल्मी ।


चन्द्रकोट गाउँपालिका गुल्मीले राष्ट्रिय धान दिवस मनाउने भएको छ ।

गाउँपालिकाको अर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत धान दिवस कार्यक्रम अन्तर्गत वडा नं ७ रुपाकोटको तल्लो दमुकामा गाउँपालिकाले राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८१ मनाउने भएको हो ।

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै यहीँ असार १५ गते
” जलबायुमैत्री कृषि ,धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २१ औं धान दिवस मनाउने जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले हस्ताक्षर गर्नुभएको सूचनामा गाउँपालिकाको परम्परालाई जिवित राख्न तथा कृषि कर्मलाई सम्मान योग्य बनाउनका लागि धान दिवस मनाउन लागिएको जनाइएको छ ।

नेपालमा २०६० सालदेखि बर्सेनि असार १५ गते धान दिवस मनाइँदै आइएको छ ।

अहिलेसम्म मुलुकमा कुल रोपाइँ हुने क्षेत्रको ९.८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

१२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको हो । यो तथ्यांक गतवर्षभन्दा केही बढी हो ।

नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टरमा रोपाइँ हुँदै आएको छ । अघिल्लो वर्ष १० असार २०८० सम्ममा कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *