सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालमा ९८ प्रकारका औषधि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ।
आागामी आर्थिक वर्ष ०८१/८२ को बजेटमार्फत ९८ प्रकारका औषधि, खोप तथा प्रजनन स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराउन सरकारले कुल १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छ।
आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमार्फत जानकारी दिएका छन्।