लायन्स क्लब काठमाडौँ गुल्मी द्वारा गुल्मीका बिधालयमा न्यानो कपडा वितरण

साबित्रा पौडेल, पौष १२ गुल्मी ।

लायन्स क्लब अफ काठमाडौँ गुल्मीले गुल्मीका ३७ बिधालयमा न्यानो कपडा वितरण गर्ने उद्देश्यका साथ ९ वटा सामुदायिक बिधालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ गुल्मीले पहिलो दिन बुधबार जिल्लाका छत्रकोट, रुरुक्षेत्र र सत्यवती गाउँपालिकाका ९ सामुदायिक बिधालयमा एघार सय थान न्यानो कपडा वितरण गरेको हो ।

जसमध्ये अटिजम पाठशाला नेपाल रिडीबजार, रिडी मावि रिडीबजार गुल्मी, आदर्श मावि दिगाम, माधा प्रावि रुरुक्षेत्र(२ ग्वादी, ग्वादी मावि ग्वादी, जनजागृती आधारभूत बिधालय सटखोला, तल्लोग्वादी प्रावि ग्वादी, याडुङ्ग प्रावि याडुङ्ग र गौरीशंकर आधारभूत बिधालय नेटा हसरामा न्यानो कपडा वितरण गरेको लायन्स क्लब अफ काठमाडौँ गुल्मीले जनाएको छ।

क्लबले ४२ सय बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने उद्देश्यका साथ हिजो कपडा वितरण गरेको र अन्य बिधालयमा पनि कपडा वितरण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *