गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई थर्मस सहयोग

पौष १२ गुल्मी/तिलाचन पाण्डे

चन्द्रकोट गाउँपालिकाले ८२ वर्ष माथिका दुई सय ७९ बढी ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको साथमा थर्मस वितरण गरेको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा चन्द्रकोट ४ का ८ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको साथमा आज थर्मस सहयोग गरेको हो । गाउँपालिका भित्रका ८२ वर्ष उमेर कटेका दुई सय ७९ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणसँंगै चिसो मौसममा तातो पानी पिउनका लागि थर्मस वितरण गर्ने अभियानलाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र थर्मस वितरण गर्ने कार्यलाई सुरुवात गरिएको उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उमेर अवस्थाले च्याप्दै गर्दा विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने भएकाले स्वास्थ्य परीक्षण र  चिसो मौसममा तातो पानी आवश्यक पर्ने भएकाले थर्मस वितरण गरेको केसीले बताउनुभयो । 

ज्येष्ठ नागरिकहरुको अनुभव पनि साटासाट गर्ने अवसर मिलेको र यस अभियानलाई निरन्तरता दिँदै जाने अध्यक्ष केसीको भनाइ छ । यसरी घरमै आएर निःशुल्क स्वास्थ्य परीक्षण र थर्मस वितरण गर्दा स्थानीय सरकार आफूहरुको साथमा रहेको अनुभूति भएको ज्येष्ठ नागरिकहरुले बताउनुभएको छ ।

गोर्खापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *