मंसिर ११,गुल्मी
बाग्लुङमा पहिलो पटक एचआइभी सङ्क्रमित महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छिन् ।
बागलुङको धौलागिरि अस्पतालमा आइतबार एचआइभी सङ्क्रमित २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी हुन। शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको धौलागिरि अस्पतालले जनाएको छ ।
यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो । तर अहिले भने अस्पतालमै एक महिलाले शिशुलाई जन्म दिएकी छिन। शिशुका आमा बुबा दुवै एचआइभी सङ्क्रमित भई एआरटी औषधि सेवन गरिरहेका छन् ।
शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र एचआइभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधि समेत चलाउन थालिएको अस्पतालले जनाएको छ ।