जेठ १४ गुल्मी/कालिदास आत्रेय
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघामा रैथाने जातको खरी बाख्रा पालन कार्यक्रम अन्तरगत किसानहरुलाई सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीको ७५ प्रतिशत र जुनेली महिला कृषि सहकारी सस्था लिमिटेड को २५ प्रतिसत लगानीमा संचालित कार्यक्रममा २५ जना किसानहरुलाई घाँस खुवाउने डोड , १ जनालाई कुटानी पिसानी मिल र समुहको लागि १ थान जिउँदो बाख्रा को तौल गर्ने डिजिटल तराजु , १ थान घास काट्ने मेसिन च्यापकटर र १ थान डिपिङ्ग ट्यान्की वितरण गरिएको हो।
छत्रकोट गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नारायण रेस्मी र जुनेली महिला कृषि सहकारी सस्थाकी अध्यक्ष कमला ज्ञवालीले संयुक्त रुपमा सामग्रीहरु किसानहरुलाई वितरण गर्नु भएको थियोे ।