विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने काेराेनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएकाे छ ।
डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएकाे सङ्कट, पीडा र नोक्सानी भाेगेकाे जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएकाे हाे ।
डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएकाे छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको बताउनु भएकाे छ ।
गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएकाे घोषणा गर्नुभएको थियो ।
उहाँले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेकाे बताउनु भएकाे उल्लेख छ।
गेब्रेयससले गाजापट्टीका लागि राहत प्रयास तीव्र पार्न आह्वान गर्दै महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमी हटाउन ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गर्नुभयो ।
जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताउनुभयो ।