नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौघाको ६७ औं बार्षिक उत्सव सम्पन्न

भदौ ९, गुल्मी ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छत्रकोट ६, दौघा गुल्मीको ६७ औ बार्षिक उत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

तीन दिन सम्म संचालित कार्यक्रममा विद्यार्थी विच अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता , वक्तित्वकला, भलिबल , एथलेटिक्स र अभिभावकहरु विच म्युजिकल चियर लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका थिए ।

कार्यक्रमको अन्तिम दिन विद्यालय व्बस्थापन समिति अध्यक्ष गणेश प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि छत्रकोट गाउँ पालिका अध्यक्ष राम प्रसाद पाण्डेय रहनु भएको थियोे । त्यसैगरि बिशिस्ट अतिथिहरुमा छत्रकोट गाउँपलिका उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा नम्बर ६ का वडा अध्यक्ष नारायण रेस्मी, पूर्व वडा अध्यक्ष थम्मन ज्ञवाली, पूर्व प्र अ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लेखनाथ ज्ञवाली , पूर्व प्र अ टिकाराम ज्ञवाली रहनु भएको थियोे ।

विद्यार्थी झरना लम्तरी र शिक्षक शान्ता पुन को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विद्यार्थी हरुले स्वागत गित र नृत्यहरु समेत प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक माधब प्रसाद घिमिरेले विद्यालयको कुल १ करोड ४१ लाख ८६ हजार २८५ रुपैयाँ ११ पैसा बराबरको आम्दानी खर्चको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा शैक्षिक शत्र २०८० मा कक्षा नर्सरी देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थी हरुलाई विद्यालय र विद्यालयमा गठित विभिन्न अक्षयकोषहरु बाट नगद, प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा सरस्वती मा वि चोयगाका विद्यालय व्यवस्थापन समिति सदस्य तथा वडा नम्बर ३ का वडा सदस्य पिताम्बर अर्यालले नेपाल राष्ट्रिय मा वि दौघामा ५५,५५५ रुपैयाको अक्षयकोष खडा गर्नु भएको थियो ।

अक्षयकोष स्थापना कर्ता अर्याललाई विद्यालयको तर्फबाट धन्यवाद दिदै सम्मान गरिएको थियोे । उल्लासमय वातावरणमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य दौघा हरि आधारभूत विद्यालयका प्र अ कालिदास आत्रेय, सरस्वती मा वि वि व्य स सदस्य पिताम्बर अर्याल , पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवाली, पुर्ब प्र अ टिकाराम ज्ञवाली, पुर्ब प्र अ तथा वि व्य स अध्यक्ष लेखनाथ ज्ञवाली, वडा अध्यक्ष नारायण रेस्मी, गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय लगायत ले दिनुभएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेयले विद्यालयबाट भौतिक पुर्वाधार को माग भन्दा शैक्षिक गुणस्तर सुधार गर्ने कार्यक्रम माग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। कार्यक्रमको संचालन शिक्षकहरु युवराज काफ्ले र गिरिराज भुसालले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *