कक्षा १२ को परीक्षा आजदेखी,देशभर ४ लाख ९१ हजार विद्यार्थीले परिक्षा दिदै

बैशाख १४ , गुल्मी । कक्षा १२ को परीक्षा आजदेखी सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।

यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उहाँको भनाइ छ ।

सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौंमा छन्। जहाँ १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ्/मुस्ताङ्मा एक–एक परीक्षा केन्द्र रहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *