केरुङ्गा अर्घाखाँचीमा बिहानदेखी पुन भीषण आगलागी,बस्ती झनै जोखिममा

बैशाख १३ , अर्घाखाँची ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ४ केरुङ्गाको बस्तिमा हिजो लागेको आगो राती नियन्त्रणमा आएको छ।

आगो राती नियन्त्रणमा आएको केरुङ्गाका वडाध्यक्ष भिमलाल खनालले जानकारी दिनुभयो । तर बिहानदेखी जंगलमा पुन आगलागी सुरु भएको छ ।

उहाँका अनुसार अहिले जंगलमा हिजो भन्दा पनि अझै भीषण आगलागी भएको छ ।

वडा कार्यालय नजिकै भएको आगलागिबाट त्यहाका केही बस्तिहरु जोखिममा रहेका उहाको भनाइ छ ।

नजिक रहनुहुने तपाईंहरु सम्पुर्णमा नियन्त्रणमा जुट्नुहुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *