छत्रकोटमा अध्यक्षकप खेलकुदको तयारी तीव्र

छत्रकोट गाउँपालिकाको आयोजनामा हुन लागेको अध्यक्षकप खेलकुद प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेको छ ।

यही मंसिर १६ गतेदेखि हुन लागेको दोस्रो अध्यक्षकप प्रतियोगिताका लागि खेल तथा समूह छनौट मापदण्ड सार्वजनिक भएसँगै अन्य तयारी अघि बढेको हो ।


गाउँपालिकाद्धारा सार्वजनिक सूचनाअनुसार प्रतियोगितामा महिला तथा पुरुष भलिबल, क्रिकेट र ब्याडमिण्टन खेल संचालन हुनेछन् ।

जसका लागि आवश्यक नियम, तथा खेलाडी छनौट मापदण्ड तय गरी समूह तथा खेलाडीको विवरण दर्ता आव्हान गरिएको छ । समूह दर्ता मंसिर १४ गते बिहान ११ बजेसम्म गरिसक्नुपर्नेछ ।

खेल हुने स्थान खर्ज्याङ्गस्थित स्याङ्दी खेलमैदानमा मार्किङ्ग, खेलसीमा निर्धारण तथा व्यवस्थापन लगायतका आवश्यक काम शुरु भइसकेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले जानकारी दिनुभयो ।


प्रतियोगितामा छत्रकोट गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र शिक्षकबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि एक आकर्षणका रुपमा अवलोकन गर्न पाइनेछ । खेलाडी छनौटको सिफारिस वडाकार्यालय मार्फत हुनेछ ।


शिक्षा अधिकृत आचार्यका अनुसार प्रतियोगिताका विजेता टिमले कप, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार समेत प्राप्त गर्नेछन् । अध्यक्षकप खेलकुद प्रतियोगिता यही मंसिर १६ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *