पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान सवा ९ बजेतिर मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग३च २६०३ नम्बरको जिप दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् ।

दूध बोक्ने सिङ्गल क्याब बोलेरो नियन्त्रण गुमाई सडकको दायाँतर्फ २० फिट तल खस्दा पोखरा–१८, ग्यारजातीका ४९ वर्षीय कृष्णबहादुर थापाको निधन भएको हो । गम्भीर घाइते थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइते पोखरा–१८, ग्यारजातीका ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापाको उपचार भइरहेको छ । हिमकलाको टाउको र चन्दकलाको ढाडमा चोट लागेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले घाइतेलाई उद्धार गरी अस्पताल लगेको र उक्त सवारी प्रहरी नियन्त्रणमा रहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *