गुल्मीमा सुन्तला अड्कीदा तीन वर्षीय बालकको मृत्यु

साबित्रा पौडेल,मंसिर ०७ गुल्मी।

गुल्मीमा सुन्तला खाने क्रममा सुन्तलाको केसरा घाटिँमा अड्कीदा तीन वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको प्रहरिले जनाएको छ।

आज दिउँसो साढे १ बजेको समयमा घरको छतमा बसेर आमाछोराले सुन्तला खाने क्रममा छोराको घाँटीमा दुई केसरा सुन्तला अड्किएको र सास फेर्न गाह्रो भएपछि बालकलाई उपचारको लागि गुल्मी अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा आज दिउँसो साढे २ बजेको समयमा बालकको ज्यान गएको जिल्ला प्रहरि कार्यालय गुल्मीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *