दिपा पन्थ, मंसिर ७ गुल्मी:
नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी भोलि गृह जिल्ला गुल्मी आउनुहुने भएको छ ।
सांसद भण्डारीले फेसबुकमा स्टाटस लेख्दै गत फाल्गुन ३ गतेको घटना पछि पहिलो पटक गुल्मी आउन लागेको जानकारी दिनुभएको छ ।
उहाँ भोलि बिहान ७ बजे राष्ट्रिय ध्वजाबाहक “नेपाल वायु सेवा निगम”को विमान मार्फत गुल्मीको रेसुङ्गा विमानस्थलमा आउनुहुने भएको हो ।
भण्डारी यही मंसिर ९ र १० गते हुने नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन गुल्मी आउदै हुनुहुन्छ ।
उहाँले स्टाट्स मार्फत “आफ्नो जन्मस्थलको माटोमा टेक्न र जान पाउँदा औधि खुशी लागेको छ। अत्यन्त उत्साहित पनि !!!” स्वास्थ्यले साथ दिए नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सम्मेलनमा सहभागी हुने ईच्छा रहेको उल्लेख गर्नुभएको छ ।