तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना, ६ चिनियाँ नागरिक घाइते

चैत १० , तनहुँ ।

तनहुँको म्याग्दे गाउँपालिका ६ शेराटारमा शनिबार बिहान पर्यटक बस दुर्घटनामा परेको छ ।

बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस सडकको दायाँ साईडमा पल्टिँदा त्यसमा सवार २६ जना यात्रुहरुमध्ये ६ जना चिनियाँ पर्यटक घाइते भएको जिल्लाका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

उहाँका अनुसार घाइतेहरुको हाल जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भइरहेको छ ।

चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बधमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *