गुल्मिको मजुवामा आज ज्येष्ठ नागरिक लक्षित शिविर संचालन हुदैँ

साबित्रा पौडेल ,चैत १० गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका ८ मजुवामा ज्येष्ठ नागरिक लक्षित एक दिने स्वास्थ्य सम्बन्धि शिविर संचालन हुने भएको छ ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासको आयोजना तथा नागरिक आरोग्य सेवा केन्द्र शान्तिपुर र वडा कार्यालयको समन्वयमा एक दिने शिविर संचालन हुने भएको हो ।

वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको वडा अध्यक्ष फणीन्द्र राज अर्यालले बताउनुभयो ।

शिविरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खालका स्वास्थ्य वर्द्दक आयुर्वेद औषधि निशुल्क रुपमा वितरण गरिने छ ।

साथै विभिन्न डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य चेकजाँच समेत गरिनेछ ।

शिविर यहीँ आज ८ नम्बर वडा कार्यालय तुराङ्ग मजुवामा बिहान १०:३० बजेदेखि संचालन हुने भएकाले ज्येष्ठ नागरिक परिचय खुल्ने कागजात लिई स्वास्थ्य सेवा लिन आउनुहुन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *