डा. सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । साथै उसले मधेश सरकारलाई यसअघि दिएको समर्थन पनि फिर्ता लिएको छ ।
आज मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिनुभएको छ ।
आजै बसेको जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ ।
केही दिनदेखि मधेशमा जसपा र जनमत पार्टीबीच टकराव सुरु भएको थियो ।
माघ ३ मा मधेश स्वाभिमान दिवसको अवसरमा मुख्यमन्त्री यादवले एक वर्षे प्रगति विवरण सुनाउँदै गर्दा जनमत पार्टीले भ्रष्टाचार काण्डहरुको छानबिनको माग गर्दै प्रदर्शनसमेत गरेको थियो ।
सोमबार सप्तरीको राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दा विरोध प्रदर्शन गर्ने क्रममा शिक्षामन्त्री यादव र जनमतका नेता कार्यकर्ताहरुमाथि प्रहरीले लाठीचार्ज भएको थियो ।