साबित्रा पौडेल,मंसिर ०६ गुल्मी।
गुल्मीमा भजन प्रतियोगिताको साथमा करोड दिप प्रज्वलन तथा बिबिध कार्यक्रम हुने भएको छ।
जिल्लाकै धार्मिक एवम ऐतिहासिक स्थल रुरुक्षेत्र १ रिडिमा यहीँ पुस १ गते भजन प्रतियोगिता तथा दिप प्रज्वलन हुने भएको हो।
रुरु धार्मिक सेवा सन्चार प्रा लि को आयोजनामा गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक पौराणीक ऐतिहासिक एवं पर्यटकिय पवित्र तिर्थ स्थल रुरुक्षेत्र धाम रिडिमा नेपालमै नवौँ भजन महोत्सव तथा भजन प्रतियोगिता ,दोहोरो शंख बजाउने प्रतियोगिता,कालिगण्डीकी करोड दिप प्रज्वलन, दुना टपरी प्रतियोगिता, सिखा सुत्र प्रतियोगिता लागायतका बिभीन्न प्रतियोगिता हरु हुने भएका छन।
यस्तै, कार्यक्रममा गुल्मी, पाल्पा र स्याङ्जाका उत्कृष्ट विधार्थी सम्मान,बृहत पित्री भन्डारा,चार जिल्ला पाल्पा गुल्मी स्याङ्जा र अर्घाखाँचीका एकजिल्ला एक उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान,पाल्पा गुल्मी स्याङ्जाका असल बुहारीको सम्मान,सम्पुर्ण पितृहरुको सम्झनामा पितृ महापुरण,पाठ पारायण, कालीगण्डकिमा तीन जिल्ला जोड्ने गरि तोरण तारने कार्यक्रम, चौरासी पुजा , चन्डी पाठ , रुद्राभिसेक कर्म, नबग्रह शान्ति पुजासहित जप हबन तर्पण मार्जन लगायतका कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
यसैबिच,भजन प्रतियोगिता,शंख बजाउने प्रतियोगिता, दुना टपरी प्रतियोगिता तथा सिखा सुत्र प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरुलाई नगद पुरस्कारको ब्यवस्था गरिएको रुरु धार्मिक सेवा सन्चार प्रा लिका अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।