जन्मदर कम र बसाइँ–सराइले गुल्मीबाट एसइई दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दो

चैत ९ गुल्मी ।

गुल्मीमा माध्यमिक शिक्षा परिक्षा एसईईको तयारी पुरा भएको छ ।

यहीँ चैत्र १५ गतेदेखि संचालन हुने परिक्षाको सम्पुर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

जिल्लाबाट यस बर्ष चार हजार ९७ जना परिक्षार्थीले परिक्षा दिने छन । जसमध्ये सामुदायिक विधालयबाट तीन हजार ८ सय ४१ जना र संस्थागत विधालयबाट २५६ जना विधार्थीले परीक्षा दिदैँछन ।

इकाई प्रमुख लोकनाथ मरासिनीका अनुसार जिल्लाभरिका २८ वटा केन्द्र तोकिएका छन । यो बर्ष नियमिततर्फ चार हजार ८४ जना र ग्रेड वृद्धिका १३ जना विधार्थीले परिक्षा दिने इकाई प्रमुख मरासिनीले जानकारी दिनुभयो ।

त्यसमध्ये जनबोध माध्यमिक विधालय रानिबास एक जना दृष्टिविहीन बिद्यार्थी पनि परिक्षामा सहभागी हुनुहुनेछ । १३ वटा विधालयका २ सय ९५ जना विधार्थी प्राविधिक धारतर्फका हुन ।

परिक्षाका लागी सबै परिक्षा केन्द्रमा आवश्यक उत्तरपुस्तिका र सुरक्षा केन्द्रमा प्रश्नपत्र पठाईसकेको उहाँले बताउनुभयो ।

केन्द्राध्यक्ष नियुक्ति गरेर यहीँ चैत १२ गते ओरिनटेसन गरी केन्द्र केन्द्रमा खटाईने छ ।

गत बर्ष २०७९ सालमा गुल्मीबाट चार हजार ७ सय २२ जना विधार्थीले परिक्षा दिएका थिए । भने यो बर्ष गत बर्षको तुलनामा ६२५ जना कम विधार्थी एसईई परिक्षामा सहभागी हुनेछन ।

शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो तीन वर्षको तथ्याङ्कमा जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थी घट्दै गएको देखिएको हो ।

जन्मदर कम हुनु र बसाइँ–सराइले एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या घटेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मरासिनीले श्रीङ्गेश्वर एफ एम लाई जानकारी दिनुभयो ।

परिक्षा यहीँ चैत १५ गतेदेखि २५ गतेसम्म दैनिक ३घण्टा संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *