हुस्सु र शीतलहरका कारण बुटवल लगायत तराई मधेशमा अत्यधिक चिसो,जनजीवन प्रभावित

माघ ०७,गुल्मी/इस्वरी बश्याल

चिसोले बुटवल लगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेको हो ।
चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् ।


अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन्।

माघको सुरु सातादेखि बुटवल लगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो ।अहिले दिनभर बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिँदो चिसोमा पराल ओछ्याएर सुत्न बाध्य अतिविपन्न परिवार प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन बाध्य छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत श्वासप्रश्वासको समस्या भएका विरामीको संख्या बढेको अस्पतालहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *