विज्ञान विषय शिक्षकको लागि तीन दिवसीय पेशागत विकास तालिम छत्रकोटमा सम्पन्न

साबित्रा पौडेल, पुष ५ गुल्मी।

छत्रकोट गाउँपालिका गुल्मीमा सोमबार देखी सुरु भएको विज्ञान विषय शिक्षकहरुका लागि तीन दिवसीय पेशागत विकास तालिम बुधवार सम्पन्न भएको छ।


बिज्ञान विषयको पेशागत दक्षता अभिवृद्धि गरि सिकाई उपलब्धि बढाउने उद्देश्यका साथ तालिम सन्चालन गरिएको र तालिममा गाउँपालिका भित्रका प्रा.वि , नि.मा.वि र मा.वि तहका १/१ गरि ३७ जना शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताउनुभयो।

शिक्षा तालीम केन्द्र रुपन्देहीका विज्ञान प्रशिक्षक मनोज सिर्मल र श्रृङ्गा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास चन्द्र खरेलले तालिममा प्रशिक्षण दिनुभएको गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले बताउनुभयो।

छत्रकोट गाउँपालिका द्धारा आयोजित तालिममा छत्रकोट गाउँपालिका उपाध्यक्ष ज्ञवालिको अध्यक्षता रहेको थियो भने शिक्षा शाखा प्रमुख आचार्यले तालिमको संचालन गर्नुभएको थियो ।

तालिम प्रभावकारी बनेको तालिममा सहभागी शिक्षकहरुले बताएका थिए। तालिमको समापन समारोहमा सामाजिक विकास समिति संयोजक गुणाकर ज्ञवाली र उपाध्यक्ष ज्ञवालीले मन्तव्य राख्नु भएको तालिम गाउँपालिकाको सभाहलमा संचालन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *