बागलुङको निसी बस दुर्घटना अपडेट : ९ जनाको ज्यान गयो, २६ जना घाइते

चैत ६ , गुल्मी ।

बागलुङको निसीखोलामा बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

पूर्वी रुकुमदेखि काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा रहेको मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार ज्यान जानेहरुमा चारजना पुरुष र पाँचजना महिला रहेका छन् ।

प्रहरीका अनुसार मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *